Logo
Logo

गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट अघि लाग्दा पछ्याउँदै रास्वपा


6.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर-२ मा मतगणना जारी रहँदा नेकपा एमालेका गोकर्ण विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

The current image has no alternative text. The file name is: gokarna.jpg

मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका तथा मालिका गाउँपालिका-१ देखि ६ सम्मको मतगणना सकिँदासम्म भने एमालेका विष्ट पुनः अग्रस्थानमा पुगेका छन् ।

हालसम्मको मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले १४ हजार २३४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले १४ हजार मत पाएका छन् । त्यसैगरी नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले ११ हजार ३१४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले २ हजार ८०९ मत ल्याएका छन्।

हालको गणनाअनुसार विष्टले पन्थीभन्दा २३४ मतले अग्रता कायम गरेका छन् । केही चरणको मतगणनामा पन्थी अगाडि देखिए पनि पछिल्लो गणनासँगै विष्ट पुनः अघि लागेका हुन् । बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच गुल्मी क्षेत्र नम्बर-१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले उल्लेख्य अग्रता बनाएका छन् । हालसम्मको मतपरिणाम अनुसार ढकालले १८ हजार ३३५ मत ल्याउँदा एमालेका प्रदीप ज्ञवालीले ९ हजार ९५५ मत, काँग्रेसका चन्द्र भण्डारीले ७ हजार ५२१ मत र नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले २ हजार ७०२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्