Logo
Logo

ललितपुर-१ मा रास्वपा बुद्धरत्न महर्जन विजयी


630
Shares

काठमाडौं । ललितपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।

The current image has no alternative text. The file name is: rasaaa.jpg

निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्