काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन् । उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् ।

कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन् । यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् ।











