काठमाडौं । दाङ-२ मा रास्वपाका विपिन कुमार आचार्य निर्वाचित भएका छन् । आचार्य ४३ हजार ५ सय ५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिष्पर्धी एमालेका शङ्कर पोखरेलले १५ हजार २ सय ८२ मत प्राप्त गरे । पोखरेलको यो लगातार दोस्रो हार हो । काङ्ग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २ सय ७७ मत प्राप्त गर्दा नेकपाका निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गरे ।











