काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार देशका विभिन्न निर्वाचन क्षेत्रमा अप्रत्याशित र रोचक नतिजाहरू बाहिर आएका छन् । रास्वपाका का उम्मेदवारहरूले देशको विभिन्न ठाउँमा सानदार जित निकाल्दै स्थापित दलहरूलाई स्तब्ध बनाएका छन् ।

यी हुन् ५२ ठाउँमा जित्ने नेताहरू (सूचिसहति)
१. रास्वपा सभापति रवि लामिछाने सानदार मतसहित चितवन दुईबाट निर्वाचित, लामिछानेले ५४ हजार ४०२ मत ल्याउँदा कांग्रेसकी मिना खरेलले पाइन् १४ हजार ५६४ मत ।
२. चितवन ३ मा रास्वपाकी सोविता गौतम अत्यधिक मतसहित विजयी, नेकपाकी रेणु दाहाल दोस्रो हुँदा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत ।।
३. काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै रास्वपा राजुनाथ पाण्डे निर्वाचित, पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा कुलमानले पाए ११ हजार १७१ मत ।।
४. रौतहट १ मा रास्वपाका राजेश चौधरी विजयी, एमालेका अजय गुप्ता दोस्रो हुँदा पूर्वप्रधानमन्त्री माधव नेपाल चौथो स्थानमा सीमित ।
५. रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सानदार जित, दोस्रो भएका एमालेका लीलामणि गौतमले प्रचण्डले ल्याए तीनगुणा बढी मत ।।
६. भक्तपुर २ मा रास्वपाका राजीव खत्रीको सानदार जित, खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दा एमालेका महेश बस्नेतले पाए १० हजार ७१७ मत ।
७. काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना ९ हजार बढी मतान्तरले विजयी, कांग्रेसका प्रबल थापा दोस्रो हुँदा राप्रपाका रविन्द्र मिश्रको ट्याट्रिक हार ।।
८. मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी, गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा एमालेका इन्द्र धारा विष्टले ल्याए १ हजार ८ सय ६ मत ।
९. काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको सानदार जित, कांग्रेसमा कृष्ण बानियाँ क्षेत्री दोस्रो हुँदा एमालेका अमनकुमार मास्केको जमानत जफत ।
१०. काठमाडौँ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठको सानदार जित, विराजभक्तले २४ हजार ५ सय ९२ मत ल्याउँदा अरु सबै प्रतिस्पर्धीको जमानत जफत ।।
११. हिमालपारीको जिल्ला मनाङमा कांग्रेसका टेकबहादुर गुरुङको सानदार जित, सदर २ हजार २४४ मतमध्ये टेकबहादुरले पाए २ हजार २३५ मत
१२. स्याङ्जा एकमा रास्वपाका धनञ्जय रेग्मीको सानदार जित, रेग्मीले २९ हजार ७१ मत ल्याउँदा कांग्रेसका भरतराज ढकाल १८ हजार ८५७ मतसहित भए दोस्रो ।।
१३. धनुषा तीनमा कांग्रेसका हेभिवेट नेता बिमलेन्द्र निधिलाई हराउँदै रास्वपाका मनिष झा निर्वाचित, एमालेकी जुली महतो तेस्रो स्थानमा सिमित ।।
१४. बाँके एकबाट रास्वपाका सुरेशकुमार चौधरीको सानदार जित, चौधरीले ३२ हजार ७९२ मत पाउँदा कांग्रेसका नारायणप्रसाद गौडेलले पाए १५ हजार ३०१ मत ।
१५. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन निर्वाचित्, पुनले झण्डै २३ हजार मत ल्याउँदा एमालेका हरिकृष्ण श्रेष्ठले पाए ७ हजार ९१९ मत ।।
१६. बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित, सुनारले २९ हजार ५५१ मत पाउँदा एमालेका सुमन मल्लले पाए १९ हजार ६१५ मत ।।
१७. महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार महतो निर्वाचित, महतोले ३४ हजार ६२६ मत ल्याउँदा नेकपाका गिरिराजमणि पोखरेलले पाए १२ हजार ६३२ मत ।।
१८. बाँके दुईबाट एमालेका मोहम्मद इश्तियाक राई विजयी, राईले २४ हजार ६२६ मत पाउँदा रास्वपाका विवेककुमार श्रेष्ठले ल्याए १८ हजार ५८१ मत ।।
१९. रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित, बानियाँ २८ हजार ६६ मतसहित विजयी हुँदा दोस्रो भएका एमालेका प्रमोदकुमार यादवले ल्याए २० हजार २६२ मत
२०. तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी, एमालेका उम्मेदवार भानुभक्त ढकाल ८८० मतान्तर पराजित ।
२१. कास्की ३ मा रास्वपाकी विना गुरुङको सानदार जित, गुरुङले ३२ हजार ११२ मत ल्याउँदा कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खस्यो ।
२२. काठमाडौँ–१० बाट रास्वपाका प्रदिप विष्ट निर्वाचिन, विष्टले ३७ हजार ४६९ मत ल्याउँदा कांग्रेसका हिमाल कार्की ८ हजार १ सय मतसति भए दोस्रो ।।
२३. काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली दोस्रो पटक सानदार जित, पराजुलीले झण्डै २७ हजार मत ल्याउँदा कांग्रेसका प्रमोद हरि गुरागाईं ३ हजार ९ सय ८२ मतमा सीमित ।।
२४. रसुवामा कांग्रेसका मोहन आचार्यको ह्याट्रिक जित, आचार्यले १० हजार ६५६ मत ल्याउँदा रास्वपाका वसन्त भट्ट ५ हजार ५७१ मतसहित भए दोस्रो ।।
२५. कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित, शाहीले ११ हजार ३३८ मत ल्याउँदा एमालेका नगीन्द्र शाहीले ल्याए १० हजार ३५२ मत
२६. कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलको सानदार जित, पौडेलले ३१ हजार ९ सय ११ मत ल्याउँदा एमालेका रश्मि आचार्यले पाए ७ हजार ४ सय ९३ मत
२७. काठमाडौं पाँचमा रास्वपाका सस्मित पोखरेल विजयी, कांग्रेसका महामन्त्री प्रदीप पौडेर र एमाले नेता ईश्वर पोखरेल पराजित ।।
२८. काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित, बमले २९ हजार १ सय ४२ मत पाउँदा कांग्रेसका सचिन तिमल्सेना ८ हजार ८ सय २४ मतसहित भए दोस्रो ।
२९. मोरङ ४ बाट रास्वपाका सन्तोष राजवंशी निर्वाचित, कांग्रेस महामन्त्री गुरुराज घिमिरे र पूर्वमन्त्री अमनलाल मोदी पराजित ।।
३०. काठमाडौँ ९ मा रास्वपाका डोलप्रसाद अर्यालको सानदार जित, अर्यालले ३५ हजार ९३ मत पाउँदा कांग्रेसका नानुमैया बास्तोलाले पाइन् पाँच हजार चार सय ६० मत ।
३१. मोरङ ६ मा रास्वपाकी रुविना आचार्यको सानदार जित, रुविनाले ५५ हजार पाँच सय १३ मत ल्याउँदा कांग्रेसका डा. शेखर कोइरालाले पाए १२ हजार आठ सय ५० मत ।
३२. भक्तपुर १ मा रास्वपाले भत्कायो नेपाल मजदुर किसान पार्टीको किल्ला, नेमकिपाका प्रेम सुवाललाई हराउँदै रास्वपाका रुकेश रन्जित विजयी ।
३३. ललितपुर दुईमा रास्वपाका जगदीश खरेल विजयी, खरेलले ११ हजार ५४७ मत ल्याउँदा कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले ल्याए १ हजार ५२१ मत
३४. बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर निर्वाचित, महरले १८ हजार ५४३ मत ल्याउँदा कांग्रेसका प्रकाश रसाइलीले ल्याए १६ हजार ३०४ मत
३५. रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा निर्वाचित, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुशील गुरुङ भारी मतान्तरले पराजित ।।
३६. बागलुङ २ मा रास्वपाका सोम शर्मा विजयी, शर्माले १२ हजार ६४७ मत पाउँदा कांग्रेसका टेकराज पौडेलले ल्याए ११ हजार ८६८ मत ।।
३७. दाङ–२ मा एमालेका शङ्कर पोखरेललाई भारी मतान्तरले हराउँदै रास्वपाका विपिन कुमार आचार्य विजयी, आचार्य ४३ हजार ५५७ मतसहित निर्वाचित पोखरेल १५ हजार २ सय ८२ मतमा सिमित ।
३८. तनहुँ १ मा २१ हजार ८०९ मतान्तरसहित रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी, वाग्लेले ३८ हजार ४० मत पाउँदा कांग्रेसका गोविन्द भट्टराई १६ हजार २३१ मतमा सिमित ।।
३९. रुपन्देही २ मा एमालेका विष्णुप्रसाद पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेलको सानदार जित, खरेलले ५६ हजार ५ सय ५० मत पाउँदा पौडेलले ल्याए १२ हजार ८ सय ६१ मत ।।
४०. बागलुङ १ मा रास्वपाका सुशील खड्का निर्वाचित, खड्का २० हजार ९२७ मतसहित विजयी हुँदा कांग्रेसका भीम श्रीसले पाए ११ हजार ९४४ मत ।।
४१. कैलाली १ मा रास्वपाका कोमल ज्ञवाली निर्वाचित, ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित हुँदा कांग्रेसका जनकराज चौधरीले पाए १२ हजार ८६७ मत ।।
४२. ललितपुर १ मा कांग्रेसका उदय शमशेर जबरालाई हराउँदै रास्वपाका बुद्ध रत्न महर्जन भारी मतले विजयी, महर्जनले २३ हजार ३७३ मत पाउँदा राणाको पक्षमा १३ हजार ५२० मत ।
४३. डोटीमा कांग्रेसका भरतबहादुर खड्का झिनो मतान्तरले विजयी, खड्काले १४ हजार ८९७ मत ल्याउँदा एमालेका दीपकबहादुर धामीले पाए १४ हजार ११० मत ।।
४४. पर्सा–१ मा रास्वपाका रहवर अन्सारी निर्वाचित, अन्सारी ४१ हजार २०० मतसहित विजयी हुँदा एमालेका कृष्ण कुमार यादवले पाए ११ हजार ६३९ मत ।।
४५. बारा ३ मा रास्वपाका अरविन्द साह तेब्बर मतले विजयी, साहले ४० हजार ६९७ मत ल्याउँदा कांग्रेसका फरमुल्लाह मंसुर १० हजार ५२ मतसहित भए दोस्रो ।।
४६. पर्सा –२ मा रास्वपाका सुशील साह कानुको सानदार जित, कानुले २५ हजार २ सय ५० मत ल्याउँदा काङ्ग्रेसका अजय चौरसिया १० हजार ८० मा सिमित ।।
४७. गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा एमालेका गोकर्ण विष्ट १६ हजार ४०६ मतसहित भए दोस्रो ।।
४८. नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछानेको सानदार जित, लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दा कांग्रेसका जगदिश्वर नरसिंह केसी १५ हजार ५ सय ३ मतमा सिमित ।।
४९. कास्की १ बाट रास्वपाका गडकराज पौडेल निर्वाचित, पौडेलले ३९ हजार ८८३ मत ल्याउँदा कांग्रेसका तिलक रानाभाटले पाए ११ हजार २१४ मत ।।
५०. पर्वत १ मा रास्वपाका सागर भुसाल निर्वाचित, भुसाल २६ हजार ५६१ मतले विजयी हुँदा प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीलृ पाए १५, ९५४ मत ।
५१. रुपन्देही ४ मा रास्वपाका कन्हैया बनियाको सानदार जित, कन्हैया २८ हजार ६६ मतसहित विजयी हुँदा प्रतिद्वन्दी एमालेका प्रमोदकुमार यादव २० हजार २६२ मतमा सिमित ।।
५२. सिन्धुली २ मा रास्वपाका आशिष गजुरेल १७ हजार ३३८ मतसहित विजयी, नेकपाका लेखनाथ दाहाल १४ हजार ६६४ मतसहित दोस्रो हुदा एमालेका मनोजजंग थापा तेस्रोमा सीमित ।।











