Logo
Logo

मोरङ-५ मा रास्वपाकी आशा झा निर्वाचित


441
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशा झा निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका फुल कुमार लालवानी र जनता समाजवादी पार्टीका राजकुमार यादवलाई पराजित गर्दै झा निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित झाले ३० हजार ४३४ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेका काँग्रेसका लालवानीले ९ हजार ४१५ मत ल्याउँदा जसपाका यादवले ८ हजार ७४७ मत पाए ।

नेपाली कम्युनिस्ट पार्टी (नकेपा)का शिव कुमार मण्डल (केवट(ले ८ हजार ६१४, नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्