Logo
Logo

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी


504
Shares

काठमाडौं । कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ ।मतगणना सकिएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो ।

The current image has no alternative text. The file name is: nepali-congress.jpg

प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया १८ हजार ८९० मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडिया १४ हजार ७६३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

अभिषेक प्रताप शाहले प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्