काठमाडौं । दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित सङ्ख्या तीन पुगेको छ । यसअघि बाँके२ र बझाङ१ मा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत ल्याए ।











