नेपाली कांग्रेसका निर्वतानमा सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेस पराजित भएको छ । डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तारा प्रसाद जोशीले हराएका हुन् ।

जोशीले कांग्रेसका उम्मेदवार नैन सिहं महरलाई ७०१० को भारी मतान्तरले हराएका हुन् । जोशीले १९१३१ मत ल्याएका हुन् । कांग्रेस उम्मेदवार महरले १२१२१ मत ल्याएका हुन् । त्यस्तै, नेपाली कम्युसनिस्ट पार्टीका उम्मेदवार मान सिह मालले ६८३४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार चक्र प्रसाद स्नेही २९२६ मत ल्याएका हुन् ।
यो निर्वाचन क्षेत्रा नेपाली कांग्रेसको विगत लामो समय देखिको किल्ला हो जहाँ अरू दलहरूको ठक्कर दिन सक्ने मत ल्याउन सक्दैन थिए । तर, गत निर्वाचनमा नै स्वतन्त्र उठेका सागर ढकालले देउवालाई कडा टक्कर दिएका थिए । स्वतन्त्रबाट प्रदेशसभा सदस्य जितेका जोशीले कांग्रेसको किल्ला भत्काएका हुन् ।











