Logo
Logo

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी


441
Shares

काठमाडौं। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन् ।

नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पराजित गर्दै थेवे विजयी भएका हुन् ।

थेवेले १३ हजार ९ सय ६२ मत पाए भने तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे । यस्तै, नेकपाका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७ सय ७५, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २ सय ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्