Logo
Logo

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी


0
Shares

काठमाडौं । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा.गोविन्दराज पोखरेललाई हराउँदै विजयी भएका हुन् ।

वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरे । कांग्रेसका पोखरेलले १८ हजार ३३८ मत पाउँदै दोस्रो भए भने
नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान ओगट्न सफल भए ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्