Logo
Logo

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना निर्वाचित


945
Shares

दार्चुला । दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

The current image has no alternative text. The file name is: ganesh.jpg

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका हुन् । 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत,  नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरेका हुन् । 

जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्