Logo
Logo

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी


504
Shares

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् ।

गिरीले १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले तीन हजार ४२८ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह तीन हजार ४२८ मतसहित चौथो भएका छन् ।

बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३ पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्