काठमाडौं । २०८२ फागुन २१ गते बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन साँच्चिकै अकल्पनीय भयो । वर्षाैदेखि राज्यको सत्ता र शक्तिमा जरा गाडेर बसेका पूराना राजनीतिक दलका शीर्ष नेताहरुले सायदै यस्तो हुन्छ भन्ने सोचेका थिए । जनतालाई सँधै ‘डाडु र पन्यु’ सम्झिने नेताहरुले यस निर्वाचनबाट त्यस्तो पाठ सिके कि जनता उर्लिए भने बंगलादेश र श्रीलंका त केवल चलचित्रको ‘कास्टिङ’मात्र रहेछ । २०७९ मा निर्वाचन आयोगमा दल दर्ता भएर बामे सरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको आँधीहुरीबाट पूराना दलहरु चैतमा घामले सुकेको रुखजस्तै भए । जस्को मुना पलाउन अब समय लाग्नेछ ।
निर्वाचनको मतपरिणाम पूर्वबाट नियाल्दा नेकपा एमालेको सूर्य झापा क्षेत्रमा अब ५ वर्षका लागि अस्ताएको छ । झापाली जनताले ५ वर्षसम्मका लागि उक्त क्षेत्रमा रास्वपाको घण्टी रोजेका छन् । यो निर्वाचनले झापामा कम्युष्टिको गढ यसरी ढाल्यो, ५ वटै निर्वाचन क्षेत्रमा पूराना दल कांग्रेस, एमाले सबै शून्य । झापा निर्वाचन क्षेत्र १ मा रास्वपाकी निशा डाँगी, २ मा पूर्वउपसभामुखसमेत रहेकी इन्दिरा रानामगर, ३ मा प्रकाश पाठक, ४ मा शम्भुप्रसाद ढकाल र ५ मा बालेन शाह विजयी बने ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पूराना कुनै दलका हेभीवेट नेताले रास्वपासँग भिडन्त गर्नै सकेनन् । क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्की, क्षेत्र नम्बर ३ मा गणेश कार्की, क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी, क्षेत्र नम्बर ५ मा आशा झा र क्षेत्र नम्बर ६ मा रुबिना आचार्य विजयी भइन् ।
उदयपुरको दुई क्षेत्रमध्ये १ मा रास्वपाका पारश मणि गेलाल र २ मा सुर्य बहादुर तामाङ्ग विजयी बनेका छन् । ४ निर्वाचन क्षेत्र रहेको सप्तरीमा निर्वाचन क्षेत्र १ मा रास्वपाका उम्मेदवार पुष्पाकुमारी चौधरी, २ मा रामजी यादव, ३ मा अमरकान्त चौधरी र ४ सिताराम साह विजयी बनेका छन् ।
सिरहाको क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ता, २ मा शिवशंकर यादव, ३ मा शम्भुकुमार यादव र ४ मा तपेश्वर यादवले जित हासिल गरेका छन् । यस्तै, महोत्तरीको क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतो, २ मा दीपककुमार साह, ३ मा उज्ज्वलकुमार झा र ४ मा गौरी कुमारी निर्वाचित भएकी छन् ।
सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की), २ मा रबिन महतो, ३ मा नरेन्द्र साह कलवार र ४ मा अमरेश कुमार सिंहले जित हासिल गरेका छन् । ४ निर्वाचन क्षेत्र रहेको बारा क्षेत्र नं १ मा रास्वपाका गणेश धिमाल, २ मा चन्दनकुमार सिंह, ३ मा अरबिन्द साह र ४ मा रहवर अन्सारी निर्वाचित भएका छन् । यस्तै, पर्सा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त, २ मा सुशील कुमार कानु, ३ मा रामाकान्त प्रसाद चौरसीया र ४ मा टेक वहादुर शाक्य विजयी भएका छन् ।
सिन्धुली क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार धनेन्द्र कार्की र २ मा आशिष गजुरेलले जित हासिल गर्दै क्लिन स्वीप गरेका छन् । २ निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकको क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार मधु कुमार चौलागाई र २ मा बदन कुमार भण्डारी निर्वाचित भएका छन् ।
३ निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्ध रत्न महर्जन, २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्की विजयी भएकी छन् । यस्तै, भक्तपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रन्जित र २ मा राजीव खत्रीले जित निकाल्दै क्लिन स्वीप गरेका छन् ।
काठमाडौं १० वटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्दै घण्टी बनाएको छ । क्षेत्र नं मा रन्जु न्यौपाने, २ मा सुनिल के.सी., ३ मा राजु नाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ, ९ मा डोल प्रसाद अर्याल र १० मा प्रदिप विष्ट विजयी बनेर इतिहास लेखेका छन् ।
नुवाकोट क्षेत्र नं १ मा रास्वपाका विक्रम तिमिल्सिना र २ मा अचुत्तम लामिछानेले जित निकाल्दै पूराना दललाई ‘क्लिन स्वीप’ गरेका छन् । धादिङको दुवै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । क्षेत्र नम्बर १ मा आसिका तामाङ र २ मा बोध नारायण श्रेष्ठ विजयी बनेका छन् ।
मकवानपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम र २ मा प्रशान्त उप्रेतीले जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेका छन् । चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल, २ मा रवि लामिछाने र ३ मा सोबिता गौतम विजयी हुँदा पूराना दल बढारिएका छन् । गोरखा क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । रास्वपाका उम्मेदवार सुधन गुरुङ हाल अग्रस्थानमा रहेका छन् । २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीले जित हासिल गरेका छन् ।
तनहुँ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले, २ मा श्रीराम न्यौपानेले जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेका छन् । २ निर्वाचन क्षेत्र रहेको स्याङजा १ मा रास्वपाका धनन्जय रेग्मी र २ मा झविलाल डुम्रेले जित निकाल्दै ‘क्लिन स्वीप’ गरेका छन् ।
कास्की क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार खडक राज पौडेल, २ मा उत्तम प्रसाद पौडेल र ३ मा बिना गुरुङ्ग विजयी बन्दै ‘क्लिन स्वीप’ गरेका छन् । यस्तै, २ निर्वाचन क्षेत्र रहेको बाग्लुङ १ मा रास्वपाका उम्मेदवार सुशील खड्का र २ मा सोम शर्माले जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेका छन् ।
नवलपरासी पूर्वका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेका छन् । क्षेत्र नं १ मा राजन गौतम र २ मा मनिष खनाल विजयी भएका छन् ।
गुल्मी क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार सागर ढकाल र २ मा गोविन्द पन्थीले जित निकाल्दै ‘क्लिन स्वीप’ गरेका छन् । यस्तै, ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही १ मा सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान विजयी बन्दै ‘क्लिन स्वीप’ भएको छ ।
३ निर्वाचन क्षेत्र रहेको दाङमा पनि रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । १ मा देवराज पाठक, २ मा विपिन कुमार आचार्य र ३ मा कमल सुबेदी विजयी भएका छन् । यस्तै, बर्दिया क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार ठाकुर सिंह थारु र २ मा श्रीधर पोख्रेल विजयी भएर ‘क्लिन स्वीप’ गरेका छन् ।
नवलपरासी पश्चिमका दुवै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । १ मा विक्रम खनाल र २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् । यस्तै, कैलालीका ५ निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । १ मा कोमल ज्ञवाली, २ मा के पी खनाल, ३ मा जगत प्रसाद जोशी, ४ मा खेम राज कोईराला र ५ मा आनन्द बहादुर चन्द विजयी भएका छन् । यसैगरी कञ्चनपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार जनक सिंह धामी, २ मा दिपकराज बोहरा र ३ मा ज्ञानेन्द्र सिंह महता विजयी हुँदै ‘क्लिन स्वीप’ भएको छ ।
यसैगरी एक निर्वाचन क्षेत्र रहेका अर्घाखाँचीबाट हरिप्रसाद भूसाल, प्यूठानबाट सुशान्त वैदिक, डडेलधुराबाट रास्वपाका तारा जोशी, बैतडीबाट हरिमोहन अधिकारी, पर्वतबाट रास्वपाका सागर भुसाल, लमजुङबाट रास्वपाका उम्मेदवार धर्मराज के.सी., ओखलढुंगाबाट नेपाल प्रहरीको पूर्वअतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल विजयी भएका छन् । समग्रमा रास्वपाले ४० जिल्ला ‘क्लिन स्वीप’ गरेको छ ।
यी हुन् रास्वपाले ‘क्लिन स्वीप’ गरेका ३१ जिल्ला
१. झापा
झापा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी विजयी भइन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे, नेकपा एमालेका रामचन्द्र उप्रेती र श्रम संस्कृति पार्टीका केवलराम राईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । डाँगीले ४५ हजार ६८० मत ल्याएर विजयी हुँदा कांग्रेसका पाण्डेले १० हजार ५५०, श्रमसंस्कृतिका राईले १० हजार ४ र एमालेका उप्रेतीले ७ हजार ६ सय ५९ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्ष उम्मेदवार बन्दै निर्वाचनमा विजयी भइन् ।
झापा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार एवं पूर्वउपसभामुख इन्दिरा राना मगर विजयी भइन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार एवं सभामुख देव राज घिमिरेलाई पराजित गरिन् । इन्दिराले ६० हजार ११० मत ल्याउँदा एमालेका घिमिरले ११ हजार ३६८ मत ल्याए । इन्दिराले ४८ हजार ७४२ मतान्तरका साथ निर्वाचन जितिन् । २०७९ मा सम्पन्न भएको निर्वाचनबाट रास्वपाको समानुपातिक तर्फबाट सांसद चुनिँदै उनी उपसभामुख बनेकी थिइन् ।
झापा ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश पाठक विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देन र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेलाई पराजित गरेका हुन् । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याउँदा लिङ्देनले १७ हजार २ सय ९४ मत मात्र पाए । यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट लिङ्देन सांसद बनेका थिए ।
झापा ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भु प्रसाद ढकाल विजयी बनेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लाल प्रसाद साँवा लिम्बूलाई पराजित गरेका हुन् । रास्वपाका ढकालले ४३ हजार ६३१ मत ल्याउँदा एमालेका लिम्बूले ११ हजार ९८६ मत ल्याए । ढकालले लिम्बूलाई ३१ हजार ६४५ मतान्तरले पराजित गरे ।
झापा ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी बने । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी सांसद बनेका हुुन् । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओलीले १८ हजार ७ सय २४ मत मात्र प्राप्त गरे । ओलीको गढ मानिने झापामा बालेन उम्मेदवार बनेसँगै मुख्य चासोको केन्द्र बनेको थियो । काठमाडौंको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका ३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् ।
२. मोरङ
मोरङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने २७ हजार ३६७ मत ल्याई विजयी भएका छन् । न्यौपानेले निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ती पाख्रिन लामालाई ९ हजार ८४५ मतान्तरले पराजित गरेका हुन् । पराजित लामाले १७ हजार ५२२ मत ल्याइन् ।
मोरङ क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार कृष्ण कुमार कार्की ४० हजार ९२४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दिलीप कुमार अग्रवाललाई २५ हजार ३०० मतान्तरले पराजित गरेका हुन् । पराजित अग्रवालले १५ हजार ६२४ मत ल्याए ।
मोरङ क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार गणेश कार्की ३६ हजार ९२४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्मालाई १२ हजार ५७० मतान्तरले पराजित गरेका हुन् । पराजित शर्माले २४,३५४ मत ल्याए ।
मोरङ क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरु राज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरेका हुन् । पराजित घिमिरेले १२ हजार ८१८ मत ल्याए ।
मोरङ क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार आशा झा ३० हजार ४३४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फुल कुमार लालवानीलाई २१ हजार १९ मतान्तरले पराजित गरेका हुन् । पराजित लालवानीले ९ हजार ४१५ मत ल्याए ।मोरङ क्षेत्र नं ६ मा रास्वपाका उम्मेदवार रुबिना आचार्य ५५ हजार ५१३ मत ल्याई विजयी भएकी छन् । आचार्यले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेका हुन् । पराजित डा. कोइरालाले १२ हजार ८५० मत ल्याए ।
३. उदयपुर
उदयपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार पारश मणि गेलाल ३० हजार ५९० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी का उम्मेदवार राजेश कुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले ११ हजार ६०६ मत ल्याए ।
उदयपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार सुर्य बहादुर तामाङ्ग १४ हजार ८०२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अम्वर बहादुर रायामाझीलाई ७ हजार १५४ मतान्तरले पराजित गरेका हुन् । पराजित रायामाझीले ७ हजार ६४८ मत ल्याए ।
४. सप्तरी
सप्तरी क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका उम्मेदवार सुमित कुमारलाई ३० हजार ३४८ मतान्तरले पराजित गरेका हुन् । पराजित कुमारले ७ हजार ८४७ मत ल्याए ।
सप्तरी क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार रामजी यादव २८ हजार ४०४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशकुमार यादवलाई १४ हजार १४१ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले १४ हजार २६३ मत ल्याए ।
सप्तरी क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार अमरकान्त चौधरी ३२ हजार ८७५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उपेन्द्र यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले १५ हजार २३९ मत ल्याए ।
सप्तरी क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार सिताराम साह ३६ हजार ४१२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीलाई २३ हजार ३०९ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले १३ हजार १०३ मत ल्याए ।
५. सिरहा
सिरहा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ता ४१ हजार ३२२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ९ हजार ७८४ मत ल्याए ।
सिरहा क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादव ३९ हजार ५६१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवलाई २६ हजार ७४७ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले १२ हजार ८१४ मत ल्याए ।
सिरहा क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार शम्भुकुमार यादव ३२ हजार २४९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्रेष्ठले १० हजार १५६ मत ल्याए ।
सिरहा क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार तपेश्वर यादव ३६ हजार २१० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अजयशंकर नायकलाई २८ हजार २३८ मतान्तरले पराजित गरेका हुन् । पराजित नायकले ७ हजार ९७२ मत ल्याएका छन् ।
६. महोत्तरी
महोत्तरी क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो ३४ हजार ६३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरिराजमणि पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गरेका हुन् । पराजित पोखरेलले १२ हजार ६२४ मत ल्याए ।
महोत्तरी क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार दीपककुमार साह ३२ हजार ७२२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपाल का उम्मेदवार शरतसिंह भण्डारीलाई २२ हजार ५२४ मतान्तरले पराजित गरेका हुन् । पराजित भण्डारीले १० हजार १९८ मत ल्याए ।
महोत्तरी क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार उज्ज्वलकुमार झा ३२ हजार ४५१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) का उम्मेदवार मुहमद रिजवानलाई २६ हजार ४८२ मतान्तरले पराजित गरेका हुन् । पराजित रिजवानले ५ हजार ९६९ मत ल्याए ।
महोत्तरी क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार गौरी कुमारी ३० हजार १३२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई २१ हजार ३९० मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले ८,७४२ मत ल्याए ।
७. सर्लाही
सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की) ४४ हजार १८१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शम्भु लाल श्रेष्ठलाई ३६ हजार ३१० मतान्तरले पराजित गरेका हुन् । पराजित श्रेष्ठले ७ हजार ८७१ मत ल्याए ।
सर्लाही क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार रबिन महतो ४२ हजार ५१२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार महिन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले ८ हजार ५२३ मत ल्याए ।
सर्लाही क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत ल्याई विजयी भएका छन् । निकटतम नेकपाका उम्मेदवार नारायण काजी श्रेष्ठलाई ३३ हजार ५५२ मतान्तरले पराजित गरेका हुन् । पराजित श्रेष्ठले १३ हजार ३३८ मत ल्याए ।
सर्लाही क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार अमरेश कुमार सिह ३५ हजार ६८८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार गगन कुमार थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन् । पराजित थापाले २२ हजार ८३१ मत ल्याए ।
८. बारा
बारा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल ३९ हजार ९९८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका हुन् । पराजित बुढाथोकीले १४ हजार २२३ मत ल्याए ।
बारा क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार चन्दनकुमार सिंह ३५ हजार ५९० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा, नेपालका उम्मेदवार रामकिशोरप्रसाद यादवलाई २१ हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले १४ हजार १९६ मत ल्याए ।
बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस का उम्मेदवार फरमुल्लाह मन्सुरलाई ३० हजार ६४५ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्सुरले १० हजार ५२ मत ल्याए ।
बारा क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार रहवर अन्सारी ४१ हजार २०० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई २९ हजार ५६१ मतान्तरले पराजित गरेका हुन् । पराजित श्रेष्ठले ११ हजार ६३९ मत ल्याए ।
९. पर्सा
पर्सा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त २७ हजार २७४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रदिप यादवलाई १४ हजार २४४ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले १३ हजार ३० मत ल्याए ।
पर्सा क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार सुशील कुमार कानु ३० हजार ७४० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गरेका हुन् । पराजित चौरसियाले ११ हजार ८९० मत ल्याए ।
पर्सा क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसीया २९ हजार ६७९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले १६ हजार ३६६ मत ल्याए ।
पर्सा क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार टेक वहादुर शाक्य २८ हजार ६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गरेका हुन् । पराजित रमेश रिजालले १२ हजार ५३४ मत ल्याए ।
१०. सिन्धुली
सिन्धुली क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रदिप कुमार कटुवाल क्षेत्री (केसी)लाई ८०० मतान्तरले पराजित गरेका हुन् । पराजित केसीले १५ हजार ८५९ मत ल्याए ।
सिन्धुली क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार आशिष गजुरेल १७ हजार ९४० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार लेखनाथ दाहाललाई ३ हजार १६० मतान्तरले पराजित गरेका हुन् । पराजित दाहालले १४ हजार ७८० मत ल्याए ।
११. काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार मधु कुमार चौलागाई २९ हजार ६१८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गरेका हुन् । पराजित मुक्तानले १९ हजार १६६ मत ल्याए ।
काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारी ५३ हजार ३४४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मधु प्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् । पराजित आचार्यले १७ हजार ८६८ मत ल्याए ।
१२. ललितपुर
ललितपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतान्तरले पराजित गरेका हुन् । पराजित राणाले १३ हजार ५२० मत ल्याए ।
ललितपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार जगदिश खरेल ३९ हजार ४९१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनलाई ३२ हजार ७१ मतान्तरले पराजित गरेका हुन् । पराजित महर्जनले ७ हजार ४२० मत ल्याए ।
ललितपुर क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार तोसिमा कार्की ४३ हजार ९६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठलाई ३४ हजार ५१ मतान्तरले पराजित गरेका हुन् । पराजितश्रेष्ठले ९ हजार ४५ मत ल्याए ।
१३. भक्तपुर
भक्तपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेपमकिपा)का उम्मेदवार प्रेम सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गरेका हुन् । पराजित सुवालले २८ हजार १४७ मत ल्याए ।
भक्तपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार राजीव खत्री ४२ हजार ३३४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् । पराजित बस्नेतले १० हजार ९९६ मत ल्याएका छन् ।
१४. काठमाडौं
काठमाडौं क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रन्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई ९ हजार ९१ मतान्तरले पराजित गरेका हुन् । पराजित क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।
काठमाडौं क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार सुनिल के.सी. ३४ हजार २३८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कबिर शर्मालाई २५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । पराजित कबिर शर्माले ८ हजार ८७४ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार राजु नाथ पाण्डे १८ हजार ७५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई ७ हजार ५८५ मतान्तरले पराजित गरेका हुन् । पराजित घिसिङले ११ हजार १७१ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार पुकार बम २९ हजार १४२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनालाई २० हजार ३१८ मतान्तरले पराजित गरेका हुन् । पराजित तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रदीप पौडेललाई २१ हजार ५७८ मतान्तरले पराजित गरेका हुन् । पराजित पौडेलले ९ हजार १५९ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल २७ हजार ७१९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीलाई २१ हजार ७२ मतान्तरले पराजित गरेका हुन् । पराजित क्षेत्रीले ६ हजार ६४७ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रमोद हरि गुरागाईलाई २३ हजार ८२३ मतान्तरले पराजित गरेका हुन् । पराजित गुरागाईले ३ हजार ९८२ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार सुमन सायमीलाई २१ हजार ३७५ मतान्तरले पराजित गरेका हुन् । पराजित सायमीले ३ हजार २१७ मत ल्याए ।
काठमाडौं क्षेत्र नं ९ मा रास्वपाका उम्मेदवार डोल प्रसाद अर्याल ३५ हजार ९३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नानुमैया बास्तोलालाई २९ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बास्तोलाले ५ हजार ४६० मत ल्याए ।
काठमाडौं क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई २९ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । पराजित कार्कीले ८ हजार १०० मत ल्याए ।
१५. नुवाकोट
नुवाकोट क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम तिमिल्सिना हाल अग्रस्थानमा रहेका छन् । उनले २०,०२० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रकाश शरण महत भन्दा ३,९११ मतले अगाडि रहेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।
नुवाकोट क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार अचुत्तम लामिछाने ३२ हजार ५४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.लाई १६ हजार ५५१ मतान्तरले पराजित गरेका हुन् । पराजित के.सी.ले १५ हजार ५०३ मत ल्याए ।
१६. धादिङ
धादिङ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार आसिका तामाङ ३९ हजार १२८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पराजित गरेका हुन् । पराजित त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।
धादिङ क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार वोध नारायण श्रेष्ठ २६ हजार १४५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रमेश प्रसाद धमलालाई ५ हजार ८६६ मतान्तरले पराजित गरेका हुन् । पराजित धमलाले २० हजार २७९ मत ल्याए ।
१७. मकवानपुर
मकवानपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम ३६ हजार ३३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)लाई २१ हजार ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित डिनाले १४ हजार ३८ मत ल्याए ।
मकवानपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती ३० हजार ५० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश कुमार बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन् । पराजित बर्तौलाले १८ हजार ८४६ मत ल्याए ।
१८. चितवन
चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल ५८ हजार २०८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गरेका हुन् । पराजित बुर्लाकोटीले १३,०३३ मत ल्याए ।
चितवन क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार रवि लामिछाने ५४ हजार ४०२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मिना कुमारी खरेललाई ३९ हजार ८३८ मतान्तरले पराजित गरेका हुन् । पराजित खरेलले १४ हजार ५६४ मत ल्याए ।
चितवन क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार सोबिता गौतम ५९ हजार २७७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले पराजित गरेका हुन् । पराजित दाहालले २० हजार ६१५ मत ल्याए ।
१९. गोरखा
गोरखा क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । रास्वपाका उम्मेदवार सुधन गुरुङ हाल १० हजार मतान्तरका साथ अग्रस्थानमा रहेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले गुरुङलाई पछ्याइरहेका छन् ।
गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रकाश चन्द्र दवाडीलाई १४ हजार ९६० मतान्तरले पराजित गरेका हुन् । पराजित दवाडीले ११ हजार ७०० मत ल्याए ।
२०. तनहुँ
तनहुँ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले ३८ हजार ४० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गरेका हुन् । पराजित भट्टराईले १६ हजार २३१ मत ल्याए ।
तनहुँ क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार श्रीराम न्यौपाने ३२ हजार ६८७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई १८ हजार ५५२ मतान्तरले पराजित गरेका हुन् । पराजित भण्डारीले १४ हजार १३५ मत ल्याए ।
२१. स्याङजा
स्याङजा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार धनन्जय रेग्मी २९ हजार ७१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका हुन् । पराजित ढकालले १८ हजार ८५७ मत ल्याए ।
स्याङजा क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार झविलाल डुम्रे २५ हजार ३५४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई ४ हजार ५२४ मतान्तरले पराजित गरेका हुन् । पराजित मल्लले २० हजार ८३० मत ल्याए ।
२२. कास्की
कास्की क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार खडक राज पौडेल ३९ हजार ८८३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तिलक बहादुर रानाभाटलाई २८ हजार ६६९ मतान्तरले पराजित गरेका हुन् । पराजित रानाभाटले ११ हजार २१४ मत ल्याए ।
कास्की क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार उत्तम प्रसाद पौडेल ३१ हजार ९११ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतान्तरले पराजित गरेका हुन् । पराजित आचार्यले ७ हजार ४९३ मत ल्याए ।
कास्की क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार बिना गुरुङ्ग ३७ हजार ७५० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनोज गुरुङ्गलाई २४ हजार ९७० मतान्तरले पराजित गरेका हुन् । पराजित गुरुङ्गले १२ हजार ७८० मत ल्याए ।
२३. बाग्लुङ
बाग्लुङ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार सुशील खड्का २० हजार ९२७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भिमबहादुर श्रीस रानालाई ८ हजार ९८३ मतान्तरले पराजित गरेका हुन् । पराजित रानाले ११ हजार ९४४ मत ल्याए ।
बाग्लुङ क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार सोम शर्मा १२ हजार ६४७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई ७७९ मतान्तरले पराजित गरेका हुन् । पराजित पौडेलले ११ हजार ८६८ मत ल्याए ।
२४. नवलपरासी पूर्व
नवलपरासी पूर्व क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार राजन गौतम ५० हजार ९४५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बाल कृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका हुन् । पराजित घिमिरेले १६ हजार २९३ मत ल्याए ।
नवलपरासी पूर्व क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार मनिष खनाल ४१ हजार ३४७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तिल बहादुर महत क्षेत्रीलाई २५ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । पराजित क्षेत्रीले १५ हजार ७५५ मत ल्याए ।
२५. गुल्मी
गुल्मी क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार सागर ढकाल २९ हजार ६४२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गरेका हुन् । पराजित ज्ञवालीले १५ हजार १८१ मत ल्याए ।
गुल्मी क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी १६ हजार ९६७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गोकर्णराज विष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् । पराजित विष्टले १६ हजार ४०६ मत ल्याए ।
२६. रुपन्देही
रुपन्देही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल ५४ हजार ८४५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीलाई ४२ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् । पराजित खत्रीले ११ हजार ९८२ मत ल्याए ।
रुपन्देही क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ५६ हजार ५५० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पराजित पौडेलले १२ हजार ८६१ मत ल्याए ।
रुपन्देही क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा ५८ हजार ८१४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरेका हुन् । पराजित गुरुङले ८ हजार ४३५ मत ल्याए ।
रुपन्देही क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनिया २८ हजार ६६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रमोदकुमार यादवलाई ७ हजार ८०४ मतान्तरले पराजित गरेका हुन् । पराजित यादवले २० हजार २६२ मत ल्याए ।
रुपन्देही क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान ३८ हजार ८०६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खिमलाल भट्टराईलाई २५ हजार ७०६ मतान्तरले पराजित गरेका हुन् । पराजित भट्टराईले १३ हजार १०० मत ल्याए ।
२७. दाङ
दाङ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले १५ हजार २८० मत ल्याए ।
दाङ क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार विपिन कुमार आचार्य ४३ हजार ५५९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शंकर पोखरेललाई २८ हजार २७२ मतान्तरले पराजित गरेका हुन् । पराजित पोखरेलले १५ हजार २८७ मत ल्याए ।
दाङ क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार कमल सुबेदी ४४ हजार २४८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन् । पराजित गिरीले १६ हजार ४५३ मत ल्याए ।
२८. बर्दिया
बर्दिया क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार ठाकुर सिंह थारु ४९ हजार ६३१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सालीक राम अधिकारीलाई ३४ हजार ९८८ मतान्तरले पराजित गरेका हुन् । पराजित अधिकारीले १४ हजार ६४३ मत ल्याए ।
बर्दिया क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार श्रीधर पोख्रेल २९ हजार ६७८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार किशोर सिह राठोरलाई ९ हजार २७६ मतान्तरले पराजित गरेका हुन् । पराजित राठोरले २० हार ४०२ मत ल्याए ।
२९. नवलपरासी पश्चिम
नवलपरासी पश्चिम क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार विक्रम खनाल ४५ हजार २४१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ९ हजार ५०२ मत ल्याए ।
नवलपरासी पश्चिम क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गरेका हुन् । पराजित क्षेत्रीले १५ हजार ९४५ मत ल्याए ।
३०. कैलाली
कैलाली क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई ४ हजार ९५९ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले १२ हजार ८६७ मत ल्याए ।
कैलाली क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार के पी खनाल १९ हजार ५७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार पति राम चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ११ हजार ९४९ मत ल्याए ।
कैलाली क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार जगत प्रसाद जोशी २० हजार ३५९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार विरमान चौधरीलाई ८ हजार ३७६ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ११ हजार ९८३ मत ल्याए ।
कैलाली क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार खेम राज कोईराला २८ हजार ५५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्टलाई १७ हजार २५५ मतान्तरले पराजित गरेका हुन् । पराजित विष्टले ११ हजार ३०१ मत ल्याए ।
कैलाली क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार आनन्द बहादुर चन्द ३१ हजार ९५३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नर नारायण शाहलाई १९ हजार ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित शाहले ११ हजार ९५८ मत ल्याए ।
३१. कञ्चनपुर
कञ्चनपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार जनक सिंह धामी २४ हजार ३३२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार बीना मगरलाई १३ हजार २२२ मतान्तरले पराजित गरेका हुन् । पराजित मगरले ११ हजार ११० मत ल्याए ।
कञ्चनपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार दिपकराज बोहरा ३३ हजार ९५२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गरेका हुन् । पराजित साउदले १० हजार ८२७ मत ल्याए ।
कञ्चनपुर क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिंह महता २७ हजार ११८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरेका हुन् । पराजित बोहराले ९ हजार ४४३ मत ल्याए ।











