Logo
Logo

निर्मम आत्मसमीक्षासहित पार्टी पुनर्गठन गरौँ : नारायणकाजी श्रेष्ठ


1.1k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चुनावी परिणामको निर्मम आत्मसमीक्षासहित नयाँ नीति र योजना बनाएर अघि बढ्नुपर्ने सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अब उपयुक्त रणनीतिक र कार्यनीतिक कार्यभारलाई केन्द्रमा राखेर एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चासहित समग्र रूपान्तरण तथा पुनर्गठन गर्नुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: narayankaji-shreshthaa.jpg

पार्टी पुनर्गठन गरेर देश तथा जनताको पक्षमा सङ्घर्षको नीति योजना बनाएर क्रान्तिनिष्ठा धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्नुपर्ने श्रेष्ठले बताएका छन् ।

उनले भनेका छन्, ‘अब हामीले वस्तुनिष्ठ भई समग्र परिस्थितिको विश्लेषण, संश्लेषण गरेर निर्मम आत्मसमीक्षा सहित नयाँ नीति र योजना बनाएर अघि बढ्नु जरुरी छ । हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधारित गरेकाले निर्वाचन र सरकार मार्फतको कामलाई निश्चय नै महत्त्वपूर्ण ठान्दछ तर त्यसैलाई मात्र सम्पूर्ण ठान्दैन ।’

 उनले फेसबुकमा लेखेका छन् 

प्रतिक्रिया दिनुहोस्