Logo
Logo

अबको प्रधानमन्त्री बालेन नै हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैनः राजु पाण्डे


1.1k
Shares

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सांसद पाण्डेले पार्टीको आधिकारिक लाइनविपरीत दायाँबायाँ अभिव्यक्ति नदिन रास्वपाका नेताहरूलाई सचेत गराए ।

कुराकानीका क्रममा पत्रकारहरूले रास्वपाका उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई जानकारी नभएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए ।

त्यसको जवाफमा पाण्डेले भने, “उहाँले त्यसो भन्नुभएको मलाई थाहा छैन । भन्नुभएको हो भने त्यो गैरजिम्मेवार अभिव्यक्ति हो । यस्तो गैरजिम्मेवार कुरा जनताले सहँदैनन् ।”

रास्वपाले जे बोल्छ, त्यही गर्ने उनले दाबी गरे । “जे बोलिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,” उनले भने, “हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै हो । त्यसमा कुनै भ्रम नरहोस् भन्ने अनुरोध गर्न चाहन्छु । यो चाहिने–नचाहिने भन्ने विषय होइन ।”

उनले मिडियामा बोल्दा सबै नेताहरूलाई संयमित हुन र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर व्यक्तिपिच्छे फरक–फरक धारणा नदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्