काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले कूल १६५ सिटमध्ये १८ सिटमा जित हासिल गरेको छ । यस निर्वाचनमा दोस्रो दल बनेको कांग्रेस २०७९ को निर्वाचनमा पहिलो दल बनेको थियो । यसपटकको निर्वाचनमा ‘हेभीवेट’ नेता कांग्रेसका सभापति गगन थापा नै पराजित भए । काठमाडौं ४ छाडेर सर्लाही ४ रोजेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग भारी मतल पराजित भए । यो निर्वाचनमा कांग्रेसका उम्मेदवारहरु रास्वपाका उम्मेदवारहरुसँग नराम्रोसँग ठक्कर खान पुगे । कांग्रेसका अधिकांश हेभिवेट नेताहरु रास्वपाबाट बढारिँदा १८ उम्मेदवारले भने कांग्रेसको साख बचाएका छन् ।

कांग्रेसको साख जोगाउनेहरुमा नरेन्द्र कुमार केरुङ, निश्कल राई, सन्तोष सुब्वा, प्रकाश सिंह कार्की, फिरदोश आलम, मोहन आचार्य, टेक बहादुर गुरुङ, योगेश गौचन थकाली, सन्दीप राना, अभिषेक प्रताप शाह, विष्णुबहादुर खड्का, बासना थापा, खडकबहादुर बुढा, जय पती रोकाया, खड्ग शाही, जनकराज गिरी, भरत कुमार स्वार र भरतबहादुर खड्का रहेका छन् ।
कस्ले कुन क्षेत्रबाट निर्वाचन जिते ?
१. पाँचथर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्त राज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्माले १४ हजार ७३४ मत ल्याए ।
२. इलाम क्षेत्र नं १ मा कांग्रेसका निश्कल राई १४ हजार ५४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोद लिम्बुले १३ हजार ६३२ मत ल्याए ।
३. तेह्रथुम क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन् । पराजित ढकालले १०,६८२ मत ल्याए ।
४. सोलुखुम्बु क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार अशिम राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले ९ हजार ४१४ मत ल्याए ।
५. रौतहट क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गरेका हुन् । पराजित साहले १८ हजार ४४२ मत ल्याए ।
६. रसुवा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार मोहन आचार्य १० हजार ६५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बसन्त भट्टलाई ५ हजार ८५ मतान्तरले पराजित गरेका हुन् । पराजित भट्टले ५ हजार ५७१ मत ल्याए ।
७. मनाङ क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ २ हजार ४१५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार यशोदा गुरुङ (सुवेदी)लाई १ हजार ९६१ मतान्तरले पराजित गरेका हुन् । पराजित सुवेदीले ४५४ मत ल्याइन् ।
८. मुस्ताङ क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका हुन् । पराजित विष्टले १ हजार ८०६ मत ल्याए ।
९. पाल्पा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार सन्दीप राना १८ हजार ३३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गरेका हुन् । पराजित आचार्यले १६ हजार ८१९ मत ल्याएका छन् ।
१०. कपिलवस्तु क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रजौरियाले १८ हजार ८९० मत ल्याए ।
११. सुर्खेत क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरेका हुन् । पराजित शाहीले १८ हजार ८९० मत ल्याए ।
१२. दैलेख क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार बासना थापा १२ हजार ३७२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गरेका हुन् । पराजित शर्माले ११ हजार ७९६ मत ल्याए ।
१३. जाजरकोट क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् । पराजित बस्नेतले १७ हजार ४०७ मत ल्याए ।
१४. हुम्ला क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार जय पती रोकाया ८ हजार ७९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार दीपेन्द्र रोकायालाई १ हजार ५५४ मतान्तरले पराजित गरेका हुन् । पराजित रोकायाले ७ हजार २४३ मत ल्याए ।
१५. मुगु क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार खड्ग शाही ७ हजार ९१४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतान्तरले पराजित गरेका हुन् । पराजित रोकायाले ६ हजार ७१८ मत ल्याए ।
१६. बाजुरा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् । पराजित थापाले १६ हजार ६३३ मत ल्याए ।
१७. अछाम क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार भरत कुमार स्वार १० हजार ७५९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भीम बहादुर रावललाई ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित बहादुर रावलले १० हजार २३३ मत ल्याए ।
१८. डोटी क्षेत्र नं १ मा कांग्र्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गरेका हुन् । पराजित धामीले १४ हजार ११० मत ल्याए ।











