काठमाडौं । काठमाडौं उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदूषणको मात्र पनि बढेको छ । बुधवार काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित दोस्रो शहर बनेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले (बिहान ११ बजे) काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको दोस्रो शहर बनेको छ । अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९७ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौं भन्दा अगाडी भारतको दिल्लीको २१६ रहेको छ ।
वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।











