Logo
Logo

भारतको सर्वोच्च अदालतले दियो १३ वर्ष कोमामा रहेका युवकलाई इच्छामृत्यु अनुमति


1.1k
Shares

काठमाडौं। भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय हरीश राणालाई इच्छामृत्युको अनुमति दिएको छ। अदालतले उनलाई जीवनदायी उपकरण क्रमिक रूपमा हटाउन एम्स अस्पताललाई निर्देशन दिएको छ।

The current image has no alternative text. The file name is: deathbody.jpg

हरीश २०१३ मा पञ्जाब विश्वविद्यालयमा पढ्दापढ्दै होस्टलको चौथो तलाबाट खसेपछि कोमामा पुगेका थिए। उनका डाक्टरहरूले उनलाई क्वाड्रिप्लेजिया भएको र पूर्ण रूपमा भेन्टिलेटर र खाना नलीमा निर्भर रहेको बताएका छन्। १३ वर्षदेखि शैयामा रहेकाले उनका शरीरमा बेडसोर र स्वास्थ्य समस्या गम्भीर बनेको थियो।

परिवारले आर्थिक र मानसिक थकान भएको भन्दै इच्छामृत्युको अनुमति मागेका थिए। अदालतले बिरामीको गरिमा कायम राख्दै प्रक्रिया सावधानीपूर्वक गर्नुपर्ने बताए।

यसअघि सन् २०१८ मा भारतले निष्क्रिय इच्छामृत्यु कानुनी मान्यता दिएको थियो, र हरीशको मामिला ऐतिहासिक फैसला मानिएको छ।

प्रतिक्रिया दिनुहोस्