Logo
Logo

इरानको प्राथमिक विद्यालयमा मिसाइल आक्रमणका लागि अमेरिका दोषी


630
Shares

काठमाडौं । इरानको मीनाब सहरमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको मिसाइल आक्रमणका लागि प्रारम्भिक अनुसन्धानले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । अमेरिकी सैन्य जाँचअनुसार पुरानो लक्ष्यसम्बन्धी विवरण प्रयोग गरिएकाले विद्यालयलाई गल्तीले सैन्य लक्ष्य ठानिएको देखिएको हो ।

The current image has no alternative text. The file name is: iran-5.jpg

गत फेब्रुअरी २८ मा भएको आक्रमणमा टमाहक क्रुज मिसाइल प्रयोग गरी विद्यालय भवनलाई निशाना बनाइएको थियो । सो समयमा अमेरिकी सेना विद्यालय नजिकै रहेको इरानी नौसैनिक अड्डामाथि आक्रमण गरिरहेको थियो । उक्त अड्डा पहिले त्यही परिसरको भाग रहेको बताइएको छ ।

अनुसन्धानमा अमेरिकी सेनाको केन्द्रीय कमान्डले गुप्तचर निकायबाट प्राप्त पुरानो विवरणका आधारमा लक्ष्य तय गरेको खुलेको छ । त्यस क्रममा विद्यालयलाई सैन्य अड्डा भएको ठानेर आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

इरानी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा १६० भन्दा बढी बालबालिकासहित कम्तीमा १७५ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीहरूले भने घटनाबारे थप अनुसन्धान जारी रहेको र पुरानो विवरण किन पुनः पुष्टि गरिएन भन्ने विषयमा पनि जाँच भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्