Logo
Logo

दिल्ली उडे बाबुराम भट्टराई


378
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारतको नयाँ दिल्ली उडेका छन् । दिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन आज दिउँसो ४:२० बजे एयर इण्डियाको उडानमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरेको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: baburam-1.gif

नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

विश्वभरिका नीति९निर्माता, सांसद, प्राविधिक, व्यवसायी तथा विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन र स्वीडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक राइनफेल्ट लगायतका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ । भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्