काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ । विश्व बजारमा केही दिनयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ डलर रहेको थियो। तर एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा आबद्ध ३२ देशले बजारमा ४० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना बनाएको भए पनि त्यसले बजारको चिन्ता कम गर्न सकेको छैन ।
प्रतिवेदनहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि देखिएको छ ।
विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित हुन सक्ने आशङ्काले बजारमा चिन्ता बढेको छ । यही कारणले कच्चा तेलको मूल्य लगातार बढिरहेको बताइएको छ ।











