Logo
Logo

तेल बोकेको अमेरिकी ट्याङ्करमा आक्रमण, एक भारतीयको मृत्यु


1.1k
Shares

काठमाडौं । इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्याङ्करमा आक्रमण भएको छ । इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: war-1.jpg

यद्यपि, दूतावासले आक्रमण कसले गर्‍यो भनेर उल्लेख भने गरेको छैन । ‘११  मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्याङ्कर ‘सेफसी विष्णु’ मा इराकको बसरा नजिकै आक्रमण गरिएको थियो,’ दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जहाजमा रहेका बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई भन सुरक्षित रहेको जनाइएको छ । 

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गरिएको जनाएको छ । दूतावासले मृतक चालक दलका सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्