Logo
Logo

स्वास्थ्य बीमा बोर्ड: बीमितलाई बाहिर औषधि नलगाउन निर्देशन


0
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका सबै अस्पताल र स्वास्थ्य संस्थालाई बीमित बिरामीलाई उपचारको क्रममा बाहिर औषधि खरिद गर्न नलगाउन निर्देशन दिएको छ।

The current image has no alternative text. The file name is: swasthe-bima-bord.jpg

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार केही स्वास्थ्य संस्थाले बीमा प्याकेजभित्र समावेश औषधि तथा औषधिजन्य सामग्री बिरामीलाई बाहिर किन्न लगाउने गरेको गुनासो प्राप्त भएको थियो । त्यसैले बोर्डले परिपत्रमार्फत सबै अस्पताललाई यस्तो नगर्न निर्देशन दिएको हो ।

“केही अस्पतालले बीमितलाई उपचारपछि बाहिरका औषधि पसलबाट औषधि किन्न लगाएको गुनासो आएको छ। बीमा प्याकेजमा पर्ने औषधि अस्पतालमै उपलब्ध गराउनुपर्छ,” मल्लले भने ।

स्वास्थ्य बीमा ऐन २०७५ र नियमावली २०७५ अनुसार बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने अस्पताललाई कारबाही गरिने बोर्डले चेतावनी दिएको छ। नियम उल्लङ्घन गर्ने अस्पतालले दण्ड भोग्नुपर्नेछ।

स्वास्थ्य बीमा कार्यक्रममा पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था छ। थप सदस्य समावेश गर्दा प्रति सदस्य ७०० रुपैयाँ योगदान थपिने र प्रत्येक सदस्यका लागि २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान पनि छ।

प्रतिक्रिया दिनुहोस्