Logo
Logo

एमाले सचिवालय बैठक गुण्डुमा सुरु (तस्बिरसहित)


0
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ । अध्यक्ष ओलीलाई पितृशोक परिरहेको छ ।

ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रवार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुनेछ । साथै समानुपातिक सांसदहरुको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाउने पनि बताइएको छ । पिताको निधन भएपनि अध्यक्ष ओलीले बैठकमा सहभागि छन्।

प्रतिक्रिया दिनुहोस्