
काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको खुलेको छ ।
गएराति मनकामना दर्शन गरेर फर्केका यात्रु सवार माइक्रोबस गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेर अन्य सात जना गम्भीर घाइते भएका छन् ।
माइक्रोमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरु सबै भारतीय नागरिक भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
उनका अनुसार मृतक ५ जना पुरुष र २ जना महिला छन् । घाइते ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीका चालक र सहचालकबाहेक सबै भारतीय नागरिक हुन् ।











