
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
केन्द्रीय सदस्य समेत रहेका उनले किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् ।
उनले फागुन २१ को निर्वाचनमा अपेक्षित मत प्राप्त हुन नसकेकाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।











