Logo
Logo

रास्वपाले छान्यो ५७ समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हो ।

क्लष्टरअनुसार आजै सूची निर्वाचन आयोगलाई बुझाउने निर्णय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

सूचीमा कुन क्लस्टरबाट को–को परे भन्ने विषय भने रास्वपाले सार्वजनिक गरेको छैन । यद्यपी, निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्