Logo
Logo

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ ।

आइतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिएका हुन् ।

उनले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताए। संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी पनि उनले दिए ।

पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उनको भनाइ छ । उनले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताए। दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले केन्द्रिय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रुपमा अगाडी बढाउनको लागि केही नेताहरुको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरुको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर एउटा विषय स्पष्ट पारौँ, सोसंग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिवद्धता हामीले बिर्सेका छैनौ । त्यसैले केही तलमाथी होला की भन्ने आशंका नगरियोस् ।’

उनले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गरे। रास्वपाका वरिष्ठ नेता साहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्