Logo
Logo

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत, को हुन् श्रेष्ठ ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षक सुशीला कार्कीले कोषको सञ्चालक समितिको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेका छन् ।

पूर्वअध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री कार्कीले मनोनीत गरेकी हुन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले कानुनमा स्नातक गरेका छन् भने उनी सिन्धुलीका कानुन व्यवसायीसमेत हुन् ।

आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव पनि भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्रीको सचिवालयमा उनले पत्नी र नातेदारलाई राखेपछि चौतर्फी विरोध भएको थियो । विरोधपश्चात् प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्