Logo
Logo

भारतको ओडिशामा अस्पतालको आइसीयूमा आगलागी हुँदा १० बिरामीको मृत्यु


0
Shares

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयू)मा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: odisa.jpg

भारतीय अधिकारीहरूका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालमा आगलागी भएको हो ।आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा कोलाहल मच्चिएको थियो ।

उद्धारका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई अन्य कक्षमा सारिएको छ । घटनापछि दमकल, प्रहरी र चिकित्सालयका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

घटनापछि राज्यका मुख्यमन्त्री मोहनचरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ ।  सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्