
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दैछ ।
आज र भोलि दुई दिन हुने सो अभिमुखीकरणमा नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतबारे जानकारी गराइने छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ गरि एक सय ८२ सिट हासिल गरेको छ ।














