Logo
Logo

उपराष्ट्रपतिले गुण्डु पुगेर भेटे पितृशोकमा परेका ओलीलाई


567
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

उपराष्ट्रपति यादवले अध्यक्ष ओलीलाई गुण्डु पुगेर भेट गरि उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति उपराष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरेका छन् । त्यसअघि आजै रामचन्द्र पौडेल पनि ओलीलाई भेट्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्