Logo
Logo

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको शुभकामना: रवि-बालेन नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास


504
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई औपचारिक रूपमा बधाइ र शुभकामना व्यक्त गरेको छ।

The current image has no alternative text. The file name is: rabi-balen-1.jpg

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालका अनुसार, सीपीसीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई पार्टीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

रास्वपाको विज्ञप्तिमा भनिएको छ, “चीन र नेपालबीचको राजनीतिक आपसी विश्वास थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।”

साथै, चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएको पनि उल्लेख गरिएको छ।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने बताए। पार्टीले चिनियाँ शुभकामना र ऐक्यबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्