Logo
Logo

खोटाङमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना


1.8k
Shares

काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान काठमाडौंबाट शव लिएर गएको एयर डाइनेष्टिको हेलिकोप्टर कोपीलासगढी गाउँपालिका २काे खार्ताम्छामा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकप्टर दुर्घटना भएको तर, मानवीय क्षति भने नभएको जानकारी दिए । हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा देखिन्छ ।

सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्