Logo
Logo

संसदमा राई-लिम्बू समुदाय नसमेटिएकोमा रविले मागे माफी


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधि सभामा आफ्नो पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन् ।

बिहीबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यसपटक पार्टीका तर्फबाट संसदमा राई, लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ राख्ने बताएका हुन् ।

‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राइ लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ रविले भने, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’

प्रतिक्रिया दिनुहोस्