Logo
Logo

कांग्रेसले गर्‍यो हारको समीक्षा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ ।

The current image has no alternative text. The file name is: congress-5.jpg

शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमा १३ पानामा हारको समीक्षा गरिएको छ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ३८ सिट मात्रै जितेको थियो ।  

उनले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा प्रश्नलाई सदैव प्रोत्साहित र फरक मतलाई सदैव सुरक्षित गर्नै पर्दछ तर, पार्टीको आन्तरिक जीवनमा हामीले कतिपय बेला जायज प्रश्नहरूलाई पनि नजरअन्दाज गर्‍यौँ, कतिपय बेला फरक मतका नाममा गुटबन्दीको अभ्यास चर्कैसँग गर्‍यौँ । विभार समूहलाई समर्थन गरिरहँदा विचारलाई होइन व्यक्तिलाई केन्द्रमा राख्यौँ । विमती पनि हामीले तर्कसँग होइन व्यक्तिसँग राख्यौँ,’ उनले भनेका छन्, ‘गुटबन्दीको यो चित्र प्राय सबै दलभित्र उस्तै उस्तै चरित्रका रुपमा विद्यमान थिए । जसबाट पार्टीका इमान्दार सदस्यहरू आजित थिए, अनि नागरिक पंक्तिमा गुटबन्दीको स्वरप्रति वितृष्णा थियो ।’

प्रतिक्रिया दिनुहोस्