Logo
Logo

मेरो हातमा रगत लागेको छ कि छैन, प्रतिवेदन सार्वजनिक गरेर जवाफ दिनुहोस् : रक्षा बम


756
Shares

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन् । 

The current image has no alternative text. The file name is: rakchhya-boom.jpg

सामाजिक सञ्जालमार्फत उनले सङ्कटकालमा निर्वाचन सम्पन्न गराएर संविधान जोगाउन नेतृत्व सम्हालेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै वर्तमान समयमा सडक र अनलाइनमा आफू तथा अभियन्ताहरूमाथि भइरहेको दुर्व्यवहार र निराधार आरोपप्रति प्रश्न उठाएकी छन् । उनले  सङ्कटमा नेतृत्वमाथि भरोसा गरिए पनि अहिले बदलामा दुर्व्यवहार भोग्नुपरेको बताएकी छन् । 

सामाजिक सञ्जालका कमेन्ट तथा इनबक्समा लागिरहेका आरोपहरूबारे स्पष्टता माग्दै उनले लेखेकी छन्, ‘मेरो हातमा रगत लागेको छ कि छैन ? सिंहदरबार जलाएको हो कि होइन ? म कसैबाट परिचालित छु कि छैन ? ‘  उनले शान्तिपूर्ण आन्दोलन हिंसात्मक कसरी भयो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगो लगाउने सलाई कसको हातमा थियो भन्ने प्रश्न पनि उठाएकी छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौको घटनाबारे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । सरकारले प्रतिवेदन नयाँ सरकार गठनपछि मात्रै सार्वजनिक गर्ने बताए पनि बमलगायत अभियन्ताहरूले तत्काल जारी गर्न माग गरेका  हुन्  । 

प्रतिक्रिया दिनुहोस्