Logo
Logo

खुल्यो सिद्धार्थ राजमार्ग


504
Shares

पाल्पा । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ । दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

The current image has no alternative text. The file name is: sadk-2.jpg

पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएपछि सवारी आवागमन प्रभावित  थियो । अहिले दिउँसो सडक खुलेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

प्रतिक्रिया दिनुहोस्