Logo
Logo

कुबेतमा अलपत्र ३३ नेपालीको उद्धार


378
Shares

काठमाडौं । पश्चिम एसिया तनावको असरले कुवेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।  विभिन्न देशबाट नेपाल आउने तथा गन्तव्य मुलुक जाने गरी कुवेत ट्रान्जिटमा रहेका ३३ जना नेपालीलाई गन्तव्य मुलुक पठाइएको हो ।

The current image has no alternative text. The file name is: kuwait.jpg

कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका उनीहरूलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।  

कुवेतबाट उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको थियो भने साउदीबाट हवाई माध्यमकै प्रयोग गर्दै गन्तव्य मुलुक पठाइएको हो ।  

दूतावासका अनुसार हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेकालाई आपसी समन्वय गरी गन्तव्य मुलुक पठाइएको हो । साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरिएको हो ।  

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थल मार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थल मार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्