Logo
Logo

विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाको आग्रह


756
Shares

काठमाडौं । अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि चेतावनी जारी गर्दै थप सावधानी अपनाउन भनेको हो ।

विदेश मन्त्रालयले भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’

थप भनिएको छ, ‘समय–समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध आउन सक्छ । मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको छ । इरानलाई समर्थन गर्ने समूहहरूले विदेशमा अमेरिका र यसका नागरिकहरूसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्