Logo
Logo

गगनकै सभापतित्वमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै 


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले मङ्गलवार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

The current image has no alternative text. The file name is: gagan-thapa-4.jpg

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई पनि  बोलाइएको छ । 

गत शुक्रवारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो । सभापति थापाको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले फागुन २१ को चुनावी पराजयको प्रारम्भिक समीक्षा गरेको थियो । 

भोलि सभापति थापाकै सभापतित्वमा बैठक बस्न लागेको हो । भोलि बस्ने बैठकले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्