Logo
Logo

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा एमालेका नेता आचार्यसँग धरौटी माग


1.5k
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले धरौटी रकम माग गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले धरौटी रकम माग गरेको हो ।

आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्