Logo
Logo

विगतमा सरकारी नियुक्ति पाएकालाई पद छाड्न चन्द्र भण्डारीको सुझाव


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बहुमतको सरकार बनिरहेको बेला विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका हुन् ।

‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ, जनताले पत्याइसकेका छन्,’ उनले भने, ‘विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि ।’

उनले स्वाभिमान दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास र गाडीले सुरक्षा दिएको लोभले बढाएको ‘कर्तुत’ नभएको बताए । ‘अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँ नजिर बन्न सक्दछ ! ‘स्वाभिमान’दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको ‘कर्तुत’ होइन ।’

प्रतिक्रिया दिनुहोस्