Logo
Logo

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर


882
Shares

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

The current image has no alternative text. The file name is: bardiya.jpg

झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्टका अनुसार दुई युवकको केही दिनअघि ज्यान गएको थियो ।

सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्‍याइएको थियो । उनीहरूको मृत्यु भइसकेको छ । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ । स्थिति नियन्त्रणमा  लिन प्रहरीले ९ राउन्ड हवाई फायर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्