Logo
Logo

बालेनले शुक्रबार १२ः ३४ बजे प्रधानमन्त्रीको शपथ लिने

१०८ बटुकको स्वस्तिवाचन र १०७ लामाको मंगलवाचनसहित भव्य तयारी


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

बालेन सचिवालयका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ । त्यसक्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।

७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । त्यसपछि उनी सोही दिउँसो २ः १५ बजे सिंहदरबार जाने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्