Logo
Logo

ओली, लेखकसहित को-को उच्च अधिकारी परे कारबाही सिफारिसमा ? (सूची)


567
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीहरूलाई दोषी ठहर गर्दै आफ्नो प्रतिवेदनमा कारबाहीका लागि सिफारिस गरेको हो ।

आयोगले मुख्य गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘फौजदारी लापरवाही’ र जिम्मेवारीबाट पन्छिएको भन्दै दोषी ठहर गरेको छ । ४ घण्टासम्म गोली चल्दा पनि स्थिति नियन्त्रणमा लिन ठोस पहल नगरेको र मानव अधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै आयोगले ओली र लेखकसहित तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई घटनाको मुख्य जिम्मेवार मान्दै मुलुकी अपराध संहिता बमोजिम ‘लापरबाहीपूर्ण कार्य’ मा कारबाही गर्न सिफारिस गरेको छ ।

कारबाही सिफारिस प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू
गोकर्णमणि दुवाडी, तत्कालीन गृह सचिव ।
राजु अर्याल, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक ।
हुतराज थापा, तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग ।
छविराज रिजाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौँ।

कारबाही सिफारिस नेपाल प्रहरीका अधिकारीहरू
सिद्धिबिक्रम शाह, प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख।
ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी ।
विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर ।
दीप शम्शेर जबरा, प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी।
ऋषिराम कँडेल, प्रहरी उपरीक्षक, विशेष कार्यदल।
दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक (हतियार सुरक्षामा ध्यान नपु¥याएको र सरुवाको विषयमा ।)

कारबाही सिफारिस सशस्त्र प्रहरी बलका अधिकारीहरू
नारायणदत्त पौडेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर।
सुरेश कुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति।
जीवन केसी, सशस्त्र प्रहरी उपरीक्षक, विपद उद्धार ।

कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल, सह–निर्देशक, उपत्यका अभियान महाशाखा।
रिबेन कुमार गच्छदार, सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख।

कारबाही सिफारिस नेपाली सेनाका अधिकारीहरू
मनोज बैदवार, सहायक रथी, राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख।
दिवाकर खड्का, प्रमुख सेनानी, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख।
गणेश खड्का, प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख।
सन्तोष ढुङ्गेल, सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख।

अन्य समूह कारबाही सिफारिस
टीओबी ग्रुप : भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस)।

प्रतिक्रिया दिनुहोस्