काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले आफूहरू प्रतिपक्षमा रहेर सरकारलाई प्रश्न गर्ने बताएका छन् ।

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने बताएका हुन् ।
कुराकानीमा उनले भने, ‘प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सरकाले गरेका राम्रा कामलाई समर्थन गर्छौँ । सरकारले राम्रो काम गर्नुपर्छ । हामी जनताको आवाज संसद्मा बोल्छौँ ।’
उनले आफूले नेपाली भाषामै शपथ लिने जानकारी दिँदै पार्टीका अन्य सांसदले मातृभाषामा शपथ लिने जानकारी दिए ।











