Logo
Logo

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।

The current image has no alternative text. The file name is: balen.jpg

बिहीबार बेलुका सार्वजनिक भएको गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रवार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।

रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो । ‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि९मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।

प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्