
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई आज प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा राष्ट्रपतिले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।











